२०८१ पौष २४, बुधवार , ०२:३३:५८ बजे

Sajhamanch
'

शेयर बजार ४९ अङ्कले बढेर २६४० विन्दुमा, ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

सोमवार, पौष २२, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार ६४० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन उपकार लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो चार अर्ब ८६ करोडको शेयर कारोबार भएकोमा आज ३१२ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको २९ करोड रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।

सम्बन्धित खबर