विराटनगर । झापा, सुनसरी, उदयपुर र धनकुटाबाट लागुऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २१ गते सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-७ स्थितबाट उदयपुर त्रियुगा-१२ का १८ बर्षीय मुकेश गुप्ता, २२ बर्षीय दिपसन राई, १८ बर्षीय पुजन यादव, धरान-१९ का २१ बर्षीय रोहित कार्की र १९ बर्षीय अनुराग राईलाई ६०० ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का ४२ बर्षीय कुमार राईलाई स्पास्मो १५६ क्याप्सुल र Eskuf Cough Syrup २ बोतल सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका-११ का २० बर्षीय अभिषेक कार्की, त्रियुगा-१२ का १९ बर्षीय रिजन राई र त्रियुगा-१० का २३ बर्षीय नरहरि खड्कालाई ३२ ट्याब्लेट ट्रामाडोल र स्पास्मो सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ भने दमक नगरपालिका-८ झापाका २२ बर्षीय नरेश खड्कालाई स्पास्पेन २९० ट्याब्लेट र ट्रामानिल २९० क्याप्सुल सहित इलाका प्रहरी कार्यालय दमकले र २१० मिलिग्राम ब्राउन सुगर सहित तेह्रथुम लालिगुराँसका ३२ बर्षीय विकाश श्रेष्ठ र २६ बर्षीय राजिव सम्बहाम्फे प्रहरी चौकी सिधुवा धनकुटाले र धनकुटा हिलेका २५ बर्षीय केवल तामाङ र २८ बर्षीय सुजन तामाङलाई ८० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी धनकुटा हिलेले पक्राउ गरेको छ ।