२०८१ पौष २४, बुधवार , ०१:३०:१४ बजे

Sajhamanch
'

पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको ज्यान गयो

सोमवार, पौष २२, २०८१

काठमाडौं । पछिल्लो पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाको ज्यान गएको हो ।

पाँच महिनामा सबैभन्दा धेरै सर्पको आक्रमणबाट ७० जनाको ज्यान गएको छ । यस्तै हात्तीको आक्रमणबाट ६ जना, गैंडाको आक्रमणबाट चार जना र बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ

पाँच महिनामा सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट ५९९ जना घाइते भएका छन् । घाइतेमध्ये २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै सर्पको टोकाइबाट ५३२ जना, बाघको आक्रमणबाट २४ जना, भालुको आक्रमणबाट १५ जना तथा हात्ती र गैंडाको आक्रमणबाट १४–१४ जना घाइते भएका छन् ।

पाँच महिनामा जीव जनावरको आक्रमणमा परेकाहरूको उद्धारका लागि एक हजार ८३५ जना सुरक्षाकर्मी परिचालन गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर