२०८१ पौष २२, सोमवार , ०३:४५:०८ बजे

Sajhamanch
'

सिमरा बाहेक तराईका सबै विमानस्थल खुला

आइतवार, पौष २१, २०८१

काठमाडौं । पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान हुन सकेको छैन । तराई क्षेत्रका अरु विमानस्थलमा भने भर्खरै खुलेका छन् ।

धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी १२ः३० बजे उडान तथा अवतरणका लागि पर्याप्त भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा भने साढे ११ बजेतिर उडान सुरु भएको थियो ।