काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र ब्राइटनले एक–एक गोलको बराबरी खेलेका छन् ।
दोस्रो स्थानमा रहेको आर्सनललाई दशौँ स्थानको ब्राइटनले बराबरीमा रोकेको हो । बराबरीसँगै आर्सनलको २० खेलमा ४० अङ्क भएको छ । १८ खेलमा ४५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ ।
गएराति नै भएको खेलमा म्यानचेस्टर सिटीले वेष्टह्यामलाई ४–१ गोल र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । यस्तै न्यूक्यासलले टोटनह्यामलाई २–१ गोलले हरायो ।
गएरातिका अरू खेलमा बर्नमाउथले एभर्टनलाई १–०, एस्टनभिल्लाले लेस्टरसिटीलाई २–१ गोलले हराए । क्रिस्टल प्यालेस र चेल्सीले एक–एक गोलको बराबरी खेले ।