काठमाडौं । सुनको भाउ तोलामा १५०० रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा १५०० रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशतले बढेको छ । यो वार्षिक वृद्धि सन् २०१० यताको सबैभन्दा धेरै रहेको लगानीसम्बन्धी अन्तराष्ट्रिय संचारमाध्ययम इन्भेस्टिङ डटकमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव अनुसार नै मुल्य समायोजन हुने नेपाली बजारमा पनि २०२४ मा सुनको मूल्य २५ प्रतिशतले बढेको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेकाले नेपाली बजारमा सुनको भाउ कम बढेको देखिएको हो ।
सन् २०२५ मा पनि सुनको मूल्यवृद्धि कायम रहने विज्ञहरुको अनुमान छ । अमेरिकामा घट्दो ब्याजदरको असरले सुनको मूल्यवृद्धिमा टेवा पुग्ने इन्भेस्टिङ डटकमको अनुमान छ ।