२०८१ पौष २०, शनिवार , ११:४२:४९ बजे

Sajhamanch
'

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवका लागि ९ वटा उपसमितिहरु गठन

शुक्रवार, पौष १९, २०८१

बिर्तामोड । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ का लागि विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मूल आयोजक समितिलाई विस्तार गर्दै ९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीयस्तरमा उत्पादित बस्तुलाई अन्तराष्ट्रिय स्तरसम्म प्रवर्धन गर्न बिर्तामोडमा आगामी माघ ८ गतेदेखि १९ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना गरिएको छ ।

व्यापार महोत्सवलाई सफल बनाउन यसअघि थापाको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो । सोही समितिलाई बिर्तामोड उद्योग वाणिज्य संघको बैठकले विस्तार गरेको हो भने अन्य ९ वटा उपसमिति गठन गरेको हो ।

महोत्सव मूल आयोजक समितिमा संघका महासचिव कुशल खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ । युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

सो समितिको सदस्यहरुमा रमेश घिमिरे, अनन्तलाल महतो, दिनेश श्रेष्ठ, डिल्लीराम कोइराला, शत्रुघनप्रसाद गुप्ता र सुष्मा उप्रेती सुवेदी रहेका छन् ।

त्यस्तै अनुगमन समितिको संयोजकमा गोमा भट्टराई रहेकी छिन् भने सदस्यहरुमा कृष्णप्रसाद बजगाई, युवराज कार्की पर्बत र सुशीलाकुमारी कार्की रहेका छन् ।

यता संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति, निर्मल भट्टराईको संयोजकत्वमा बैंक वित्तीय तथा सहकारी स्टल व्यवस्थापन उप समिति गठन गरिएको छ ।

त्यस्तै राजकुमार घिमिरे ‘राजु’ संयोजक र विशेश्वरप्रसाद बजगाई सदस्य रहेको स्टल तथा स्टेज निर्माण व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

जीवनकुमार खड्काको संयोजकत्वमा सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ भने सचिवालय व्यवस्थापन एवम् विद्युत प्राधिकरण संयोजन उपसमितिको संयोजकमा पुकार बराल र सदस्यहरुमा राजु गौतम तथा रुद्रप्रसाद भुर्तेल रहेका छन् ।

दैनिक कारोबार तथा टिकट व्यवस्थापन उपसमितिमा राजकुमार शाह संयोजक तथा दिनेश श्रेष्ठ र युवराज कार्की सदस्य रहेका छन् ।

यसैगरी, तिलोत्तमा खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा शत्रुघनप्रसाद गुप्ता , केदार खनाल, सुशीलाकुमारी बस्नेत रहेका छन् ।

स्थानीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद बजगाई संयोजक रहेका छन् । महोत्सव बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा तेस्रोपटक आयोजनामा गर्न लागिएको हो ।

सम्बन्धित खबर