बिर्तामोड । यहाँस्थित लिङ्कन मन्टेश्वरी स्कूलको आयोजनामा आज दन्त परीक्षणको निःशुल्क शिविर सम्पन्न गरिएको छ ।
बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न गरिएको हो ।
उक्त शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक एवम् स्थानीय बासिन्दाहरु गरी ८० जनाको दन्त परीक्षण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए ।
विद्यालयले प्रत्येक वर्ष बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यसवर्ष भने दाँतको परीक्षण गरिएको स्कुलका सञ्चालक सरोज पौडेलले बताए ।