२०८१ पौष २१, आइतवार , ०४:३०:१५ बजे

Sajhamanch
'

बिना अक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गर्ने मिङ्मालाई विमानस्थलमा भव्य स्वागत 

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् । हिमालको सफल आरोहण गरी स्वदेश फर्केका उनलाई आज विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उनलाई शेर्पा समुदायका शेर्पाहरुले विमानस्थलमा भव्य स्वागत गरेको थियो । उनले सात वटै महादेशका हिमालहरु आरोहण गरेर उनी आज स्वदेश र्फिर्कएका छन् ।

विश्वमा ८ हजारभन्दा माथिका १४ हिमाल छन् जसमध्ये ८ वटा हिमाल नेपालमा पर्छ ।