२०८१ पौष २१, आइतवार , ०१:०८:२९ बजे

Sajhamanch
'

लिथुआनिया पठाउने भन्दै ११ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै ११ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर राखि विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर