२०८२ पौष २८ सोमवार , ०८:१०:२५ बजे

Sajhamanch
'

यस्तो रहनेछ आज देशभरको मौसम

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । तराईका धेरै स्थानमा शुक्रबार बिहान हुस्सु लागेको छ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा मुख्यतया मौसम सफा छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२