काठमाडौं । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् ।
बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा आर्मीले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३–१ को सेटमा हरायो । पहिलो सेट गुजरातले २५–१५ ले जितेको थियो । आर्मीले दोस्रो सेट २९–२७, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्यो ।
यस्तै मणिमुकुन्दले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो । मणिमुकुन्दले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–२१ ले जित्यो । प्रतियोगिताको आजको तेस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गल्कोट भलिबल क्लब खेल्दैछन् ।
यही पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।