२०८१ पौष २१, आइतवार , ०४:१७:०८ बजे

Sajhamanch
'

ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित

बिहिवार, पौष १८, २०८१

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित भएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको हो।

एमालेको केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्दैछ । उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा बैठकमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

सो प्रतिवेदनमाथि आवश्यक छलफल गरेर प्रतिवेदन पारित गरेको उनको भनाइ छ । सचिवालयले पास गरेको प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको ज्ञवालीले बताए ।

राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयको गम्भीर विवेचना गरिएको छ । यस्तै एमाले र कांग्रेसका बिचमा किन नयाँ सहकार्य गर्नुपर्‍यो भन्नेबारे पनि प्रतिवेदनमा विश्लेषण गरिएको ज्ञवालीको भनाइ छ ।

यसबाहेक सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदनमा गरिएको छ भने सरकारले आगामी दिनमा गर्नुपर्ने कामका विषय समेत औँल्याइएको छ । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि प्रतिवेदनमा उल्लेख गरिएको ज्ञवालीले बताए ।

सम्बन्धित खबर