विराटनगर । मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल गएकी थिइन्। साँझसम्म घर नआएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाइएको बताए। यस अघि पुस ५ गते सोही नगरपालिकाको–७ कि ४० वर्षीय गङ्गामाया मगर (श्रेष्ठ) को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।