२०८१ पौष १७, बुधवार , ०९:२४:५३ बजे

Sajhamanch
'

एनएमसीका कर्मचारीहरुलाई बिक्री तथा बजार प्रवर्धन कला सिकाइयो

आइतवार, पौष १४, २०८१

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को दोस्रो ब्यवसाय डेरी उद्योग र चौथो व्यवसाय सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई बिक्री तथा बजार प्रवर्धन कला सिकाइएको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा आज धुलाबारीमा उक्त तालिम सञ्चालन गरिएको हो ।

सो बिक्री तथा बजार प्रवर्धन कला तालिममा नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक सेवक बजगाईंले सहजीकरण गरेका थिए । उनले बिक्रीका लागि राखिएका वस्तुहरु गुणस्तरीय नै किन नहुन् विक्रेताले यसको ठिक चिनारी नदिएमा ग्राहक रित्तो हात फर्कनसक्ने बताए ।

संस्था सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष भगवति घिमिरे मैनाली तथा सदस्य पवित्रा न्यौपानेसहित डेरी उद्योगका व्यवसाय प्रमुख नवराज अधिकारी र सहकारी पसल व्यवसाय प्रमुख बासुदेव खतिवडा लगायत दुई दर्जनभन्दा बढी कर्मचारीहरुको तालिममा सहभागिता थियो ।

सो तालिमको आवश्यकता एवम् औचित्य माथि प्रकाश पार्दै आयोजक शिक्षा तथा तालिम उपसमितिका सदस्य गोपाल काफ्लेले प्रशिक्षक एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए । तालिम कार्यक्रमको सञ्चालन संस्थाको मेची क्षेत्रका क्षेत्रीय प्रमुख हिरन कट्टेलले गरेकी थिइन् ।

सम्बन्धित खबर