२०८१ पौष १७, बुधवार , ०८:२५:१९ बजे

Sajhamanch
'

शेयर बजार २१ अङ्कले घटेको दिन ५ वटा कम्पनीको शेयरमा नकारात्मक ‘सर्किट’

आइतवार, पौष १४, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १२ अङ्कले घटेर दुई हजार ६०९ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

समग्रमा बजार घटेको दिन महिला लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशत र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार चार अर्ब ३६ करोडको शेयर कारोबार भएकोमा आज ३१६ वटा कम्पनीका एक करोड १० लाख कित्ता शेयर पाँच अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर