![](https://sajhamanch.com/wp-content/uploads/2024/12/Nepal-Rastra-Bank-1-e1735463925552.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ ।
निक्षेप संकलन उपकरण मार्फत बोलकबोलबाट ७० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
२१ दिन अवधिको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।
आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी ६ माघमा हुने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाटै राष्ट्र बैकले निरन्तर तरलता खिचिरहेको छ ।