२०८१ पौष १६, मङ्गलवार , ११:५७:२६ बजे

Sajhamanch
'

सर्वोच्चको आजका सबै सुनुवाइ स्थगित

आइतवार, पौष १४, २०८१

काठमाडौं । सर्वोच्च अदालतको आजको सुनुवाइ स्थगित भएको छ।

पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबारको सुनुवाइलाई स्थगित गरिएको हो।

सर्वोच्च अदालतमा बसेको बैठकले शोक प्रस्ताव पारित गरी इजलास नबस्ने निर्णय गरेको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

उनका अनुसार अन्य कामकारबाही भने हुनेछ। पूर्वन्यायाधीश वस्तीको ७१ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो। गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका थिए।

सम्बन्धित खबर