२०८१ पौष १७, बुधवार , ०६:०७:१७ बजे

Sajhamanch
'

कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदक

आइतवार, पौष १४, २०८१

काठमाडौं । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ ।

उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । १० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् ।

भारतीय राष्ट्रिय कराँते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् ।