२०८१ पौष १५, सोमवार , ११:०३:१७ बजे

Sajhamanch
'

इलामको डेरी उद्योगमा आगलागी हुँदा ३० लाखको क्षति

आइतवार, पौष १४, २०८१

इलाम । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी हुँदा करिव ३० लाखबराबरको क्षति भएको छ ।

शनिबार सन्दकपुर–३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लस्टर गरेको दुईतले घरमा आफैले संचालन गरेको अनुकूल दुध डेरीमा आगलागी भएको हो ।

दुध तताउने क्रममा डेरीमा अचानक भएको सो आगलागीबाट घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा र डेरी पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ३० लाखबराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पूर्णरुपमा आगो नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खबर