२०८१ पौष १२, शुक्रवार , १२:३५:४८ बजे

Sajhamanch
'

राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्‍यो

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल, मोर्डन रेमिट्यान्स र भाटभटेनी मनी ट्रान्सफरको इजाजत खारेज गरेको हो ।

राष्ट्र बैंक अनुसार कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरिएको हो । खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनु–दिनु भए ३५ दिनभित्र लिखित रूपमा जानकारी दिन पनि राष्ट्र बैंकले भनेको छ ।

सम्बन्धित खबर