२०८१ पौष १०, बुधवार , ०८:२९:११ बजे

Sajhamanch
'

वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

बुधवार, पौष १०, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख १७ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने ३६ वर्षीया पुण्यवती जोशी र सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–२ कर्थली घर भई काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का रहेका छन् ।

जोशीले अमेरिका पठाइदिने भन्दै एक जनाबाट दुई लाख १७ हजार र खड्काले सर्बिया पठाइदिने भन्दै एक जनाबाट चार लाख रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

दुवै जनालाई काठमाण्डौबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए।

सम्बन्धित खबर