२०८१ पौष १०, बुधवार , ०२:१४:०१ बजे

Sajhamanch
'

भारतसँगको ‘बक्सिङ डे’ टेस्टका लागि अस्ट्रेलियाली टोलीमा दुई परिवर्तन

बुधवार, पौष १०, २०८१

काठमाडौं । बोर्डर–गाभस्कर ट्रफीअन्तर्गत भारतसँगको चौथो टेस्ट क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । टोलीमा दुई जना खेलाडी परिवर्तन गरेको क्रिकेट अस्ट्रेलियाले जानकारी दिएको छ ।

अस्ट्रेलिया टिमका कप्तान प्याट कमिन्सले चौथो टेस्टका लागि नाथन म्याकस्वीनीको ठाउँमा साम कोन्स्टास र जोश हेजलवूडको ठाउँमा स्कट बोल्यान्डले खेल्ने बताए । १९ वर्षीय कोन्स्टासको यो डेब्यु खेल हुनेछ ।

भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट भोलिदेखि मेलबर्नमा शुरू हुनेछ । पाँच खेलको शृङ्खलामा १–१ को बराबरी छ । पहिलो खेल भारतले र दोस्रो खेल अस्ट्रेलियाले जितेको थियो । तेस्रो खेल भने बराबरीमा सकिएको थियो ।

शृङ्खला जित्नका लागि ‘बक्सिङ डे’ टेस्ट दुवै टिमका लागि महत्त्वपूर्ण हुनेछ । क्रिसमसको अर्को दिन अर्थात् डिसेम्बर २६ लाई विश्वका धेरै ठाउँमा ‘बक्सिङ डे’ भनिन्छ ।

अस्ट्रेलियाको प्लेइङ्ग इलाभेन–

उस्मान ख्वाजा, साम कोन्स्टास, मार्नस लाबुशेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्श, एलेक्स केरी (विकेटकीपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लायन, स्कट बोल्यान्ड ।