पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ ।
फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने छ । आज हुने दोस्रो क्वाटरफाइनलको खेलमा काठमाण्डौको मच्छिन्द्र फुटबल क्लब र सुनसरीको न्यूस्टार क्लब खेल्दै छन् ।
मच्छिन्द्र अस्ति आइतवार झापा–११ लाई हराएर क्वाटरफाइनलमा पुगेको हो । सुनसरी समुह ‘ख’ बाट वाइ पाएर सीधै क्वाटरफाइनल खेल्न लागेको हो ।
यस्तै हिजोको पहिलो क्वाटरफाइनलको खेलमा त्रिभुवन आर्मीलाई हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगेको छ । गएको शनिवारदेखि शुरू भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख ५५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर तथा विधागत रुपमा उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार वटा क्लबसहित १० टिमको सहभागिता रहेको छ ।