गौरीगञ्ज । नेपाली कांग्रेसको एक सय दिने विशेष सांगठनिक अभियान अन्तरगत आज झापाको गौरीगञ्जमा गाउँभेला सम्पन्न गरिएको छ ।
सो कार्यक्रममा पार्टीका कार्यकर्ताहरुले पार्टी र जनप्रतिनिधिहरुको समन्वयबाट पालिकाको विकास निर्माण कार्य तिब्र बनाउन आग्रह गरेका छन् ।
गाउँभेलाका सहभागी वक्ताहरुले स्थानीयबासीको आवश्यकताको प्राथमिकता पहिचान गरेर पार्टी र जनप्रतिनिधिको समन्वयमा विकास निर्माण एवं जनजिविकाका सवालमा प्रभावकारी काम गर्न आग्रह गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य महेन्द्राकुमारी लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष एवं कांग्रेस कोशी प्रदेश सदस्य फूलवती राजवंशी, जिल्ला प्रतिनिधि एवं ४ नम्बर क्षेत्रीय सभापति जयनारायण साहाले आफ्ना धारण राखेका थिए ।
यस्तै पार्टीका जिल्ला सदस्य मखना महतो, जेठा मुर्मु, ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, गौरीगञ्ज १ का वडाध्यक्ष कात्तिकलाल राजवंशी, महासमिति सदस्य टंक विश्वकर्मा, नेपाल सांस्कृतिक संघ केन्द्रीय सदस्य दिलबहादुर बुढाथोकी, पूर्व जिल्ला सदस्य दिपिन्द्र थापा लगायतले पनि मन्तब्य राखेका थिए ।
कार्यक्रममा सहभागीका तर्फबाट कल्पना थापा, राजकुमार राई, रोशन यादव, दिक्षा कोइराला लगायतले जिज्ञासा राखेका कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिका सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाब्दिक स्वागत गोपाल ताजपुरियाले र सञ्चालन गंगाप्रसाद राजवंशीले गरेका थिए ।