२०८१ माघ ९, बुधवार , ०३:४२:५२ बजे

Sajhamanch
'

दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ

आइतवार, पौष ७, २०८१

काठमाडौं । काठमाडौँको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएका हुन् । भट्ट गृहमन्त्री रमेश लेखकको नाता पर्छन् ।

कुटपिटमा संलग्न ‘काभ्रेली समूहका’८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–४ घर भएका कुलध्वज लामा, भुम्लु गाउँपालिका घर भएका सुजन लामा र सुलभ पहारी सहित ८ जना छन् ।

गुण्डा नाइके दावा लामा समूहमा आबद्ध कुलध्व कांग्रेसको भातृ सङ्गठन तरुण दलका केन्द्रीय सदस्य हुन् । उनी यसअघि पनि प्लाटिनम क्लवमा झगडा गरेर ५ लाख धरौटीमा छुटेका थिए । सुजन लामा तरुण दल काभ्रेका अध्यक्ष र सुलभ तरुण दलको भुम्लु इकाई समितिको अध्यक्ष हुन् ।

पक्राउ पर्नेमा काभ्रेली समूहकै मिलन लामा, युवराल लामा, सिन्धुपाल्चोक घर भएका दावा लामा, मोरङ घर भएका डम्बर कार्मी र काभ्रेका शक्ति लामा छन् । आरोपीहरूले झगडा गरेको रेस्टुरेन्ट सञ्जीव लामा ‘स्याल’ले सञ्चालन गरेका हुन् ।

सम्बन्धित खबर