२०८१ पौष ५, शुक्रवार , ०१:५०:२२ बजे

Sajhamanch
'

टी–२० शृङ्खलामा वेस्ट इन्डिजमाथि बङ्गलादेशको पहिलो ‘क्लिन स्वीप’

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बङ्गलादेशले ुक्लिन स्वीपु गरेको छ । बङ्गलादेशले टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजमाथि पहिलो क्लिन स्वीप हात पारेको हो ।

आज बिहान सकिएको तेस्रो तथा अन्तिम खेलमा बङ्गलादेशले वेस्ट इन्डिजलाई ८० रनले हरायो । बङ्गलादेशले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १६ ओभर ४ बलमा १०९ रन बनाउँदै अलआउट भयो । वेस्ट इन्डिजका रोमारियो शेफहेर्डले सबैभन्दा धेरै ३३ रन बनाए । बङ्गलादेशका रिशद होसैनले ३ विकेट लिए ।

यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनायो । बङ्गलादेशका जकेर अलीले नटआउट ७२ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफहेर्डले २ विकेट लिए ।

बङ्गलादेशले पहिलो खेल ७ रन र दोस्रो खेल २७ रनले जितेको थियो । यस्तै बङ्गलादेश र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा वेस्ट इन्डिजले क्लिन स्वीप गरेको थियो । यसअघि भएको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।