२०८१ पौष ५, शुक्रवार , ०१:४०:१७ बजे

Sajhamanch
'

ताप्लेजुङमा धान र मकै उत्पादन बढ्यो

शुक्रवार, पौष ५, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान र मकै उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष धान र मकै दुवै खाद्यान्न बाली उत्पादन वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार धान र मकै खेतीका लागि मौसम अनुकूल भएकाले उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापा मगरले यसवर्ष धान र मकै दुवै बाली उत्पादनमा वृद्धि भएको बताए । थापामगरका अनुसार यो वर्ष पाँच हजार ५५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

उक्त क्षेत्रफल बराबरको खेतीबाट १५ हजार ८३२ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए । त्यस्तै ११ हजार २१५ हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा ४० हजार २७६ मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गतवर्ष पाँच हजार ५५३ हेक्टर क्षेत्रफलमै धान खेती गरिएकोमा १५ हजार ८२६ मेट्रिकटन मात्र उत्पादन भएको थियो । गतवर्ष भन्दा यो वर्ष छ मेट्रिकटन बढी धान उत्पादन भएको छ ।

यस्तै मकै बाली पनि गत वर्ष ११ हजार २१० हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा ३९ हजार ९१८ मेट्रिकटन मात्र मकै उत्पादन भएको थियो ।

यसवर्ष खेती लगाउने समयमा वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले गतवर्षको तुलनामा केही परिमाणमा धान उत्पादन वृद्धि भएको हो । त्यस्तै मकै बालीका पनि मौसम अनुकूल भएकाले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख थापामगरको भनाइ छ ।

सम्बन्धित खबर