२०८१ पौष ५, शुक्रवार , ११:३९:५४ बजे

Sajhamanch
'

नेपाल बैंकका कर्मचारी ५४ दिनदेखि सम्पर्कविहीन

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । नेपाल बैंकका एक कर्मचारी ५४ दिन (कात्तिक १०) देखि सम्पर्कविहीन भएका छन् ।

मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन वितिसक्दासमेत सम्पर्कमा नआएका हुन् ।

सहकर्मी अर्जुन खड्कासँग भ्युटावर हेर्न गएका उनी सम्पर्कवीहिन भएका हुन् । सहकर्मी खड्काका अनुसार आफुले उकालो चढ्न नसक्ने बताएपछि तारिणी एक्लै भ्युटावरको उकालो चढेका थिए । भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको बताइन्छ ।

राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठाइएन, त्यसपछि ‘स्विचअफ’ भयो ।

सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताए ।

प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तारणी हराएको दिनदेखि नै १२ दिनसम्म खोजतलास गरे पनि भेट्टाउन सकेको छैन । तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ ।

बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले खोजतलास गरे पनि तारणीको हालसम्म अत्तोपत्तो नहुँदा अहिले पन्त परिवारमा तनावको स्थिति छ ।

सम्बन्धित खबर