काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले पुस १५ गते भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ।
केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरुको संयुक्त बैठकले विभागहरुको रिपोर्ट तयार गर्न निर्देशन दिएका हुन्।
बैठकले पार्टीकाविरुद्धको घेरावन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने पनि निर्णय गरेको छ। पार्टी तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामलाई थप प्रभावकारी बनाउन पार्टी पंक्तिलाई लाग्न समेत निर्देशन दिएको छ।
एमालेले यसअघि दुई दिने राष्ट्रिय कार्यशाला गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेको थियो।