२०८१ पौष ६, शनिवार , ०३:३९:५५ बजे

Sajhamanch
'

रियल मड्रिडले जित्यो अन्तर महादेशीय कपको उपाधि

बिहिवार, पौष ४, २०८१

झापा । अन्तर महादेशीय कप फुटबल २०२४ को उपाधि स्पेनिस टोली रियल मड्रिडले जितेको छ। गए राति सम्पन्न खेलमा मेक्सिकोको पाचुकालाई ३–० ले हराउँदै रियल च्याम्पियन बनेको हो।

रियललाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले १–१ गोल गरे। कतारको लुसेल स्टेडियममा रियलले पूरै खेलभर प्रभुत्वशाली प्रदर्शन गरेको थियो। पाचुकाले काउन्टर– अट्याकमा केही मुभ बनाए पनि गोल गर्न सकेन।

च्याम्पियन्स लिग विजेता रियालले ३७औं मिनेटमा डेडलक तोड्यो। जुड बेलिङ्घमले भिनिसियस जुनियरलाई बल उपलब्ध गराएका थिए। तर भिनिसियसले एम्बाप्पेका लागि सहज अवस्था सिर्जना गर्दा फ्रेन्च स्टारले कुनै गल्ती गरेनन् ।

५२ औं मिनेटमा रोड्रिगोले दुई डिफेन्डरलाई पछि पार्दै प्रहार गरेको कर्लिङ स्ट्राइकले जाली चुम्यो। ८३औं मिनेटमा ओसामा इड्रिसीले कप्तान लुकास भाज्क्वेजलाई बक्सभित्र फाउल गरेपछि रियलले पेनाल्टीको अवसर पायो। सो अवसरमा फिफा बेस्ट अवार्ड विजेता भिनिसियस जुनियरले कुनै गल्ती गरेनन्।

यससँगै रियलले आफ्ना नाममा फिफाले आयोजना गर्ने नवौं विश्वव्यापी उपाधि जित्न सफल भयो। रियलले तीन वटा अन्तर महादेशीय कप र पाँच क्लब विश्वकप जितेको छ।

सम्बन्धित खबर