एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण छन्। अन्यको उद्धार गरिएको छ।गेटवे अफ इण्डियाबाट एलिफेन्टा टापुसम्म जाँदै गरेको डुंगा दिउँसो सवा ३ बजेतिर दुर्घटना भएको हो। हिन्दुस्तान टाइम्सका अनुसार गेटवे अफ इन्डियाबाट ८.२५ किलोमिटर टाढा रहेको जवाहरद्वीप भन्ने बुचर टापुमा डुङ्गा पल्टिएको हो ।
नौसेनाले गरेको प्रारम्भिक अनुसन्धानले नौसेनाको जहाजको इन्जिन खराब भएको देखाएको छ। महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीस र भारतीय नौसेनाले दुर्घटनाको दुई छुट्टाछुट्टै छानबिन गर्न आदेश दिएका छन्।एजेन्सी