२०८१ पौष ३, बुधवार , ०३:२१:४० बजे

Sajhamanch
'

जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य

बुधवार, पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । जनकपुरका जेम्स नीशमले ४५ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा भोलि कर्णाली याक्ससँग खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले पहिलो क्वालिफायरको विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

एनपीएलमा आज बिहान भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ ।

सम्बन्धित खबर