२०८१ माघ १३, आइतवार , ०७:०६:१५ बजे

Sajhamanch
'

दुई दलीय साझेदारी २०८४ सम्मै कायम राख्नुपर्ने कांग्रेस नेताहरुको भनाई

बुधवार, पौष ३, २०८१

बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ/नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा मंगलबार आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकार असफल भए देशका ठूला दल असफल हुने बताउँदै दुईदलीय स्पिड अनुसार नै कार्य गर्नुपर्ने निर्देशन गरेका हुन् ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको अध्यक्षतामा आयोजित सो बैठकमा उनले स्थानीयदेखि संघीय सरकारसम्मका गतिविधि प्रभावकारी बनाउन ‘सत्ता साझेदार दल राजनीतिक संयन्त्र’ बनेको बताउँदै स्थानीय तहमा विधानतः दुई दलका पार्टी सभापति, निर्वाचित जनप्रतिनिधि एवं दुई दलले सिफारिस गरेका दुइ–दुईजना सदस्य रहने ब्यवस्था रहेको जानकारी दिए

बैठकले आगामी पौष १६ गते विशेष सांगठनिक अभियान समापनसँगै जिल्ला पार्टी कार्यालयमा जिल्लास्तरीय भेला आयोजना गर्ने र पौष २४ गते नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजनामा कचनकवल–सगरमाथा जागरण यात्रा केचनास्तम्भमा आयोजना गर्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिए ।

यसको पूर्वतयारीका लागि झापाका पाँचवटै क्षेत्रमा पौष १८ गतेदेखि २० गतेसम्म क्षेत्रस्तरीय बैठक सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

यसैबीच जिल्ला सहकारी संघको नजिकिएको निर्वाचनलाई लक्षित गरी आगामी पौष १३ गते सहकारी समन्वय समितिको भेला जिल्ला पार्टी कार्यालयमा गर्ने निर्णय बैठकले गरेको कार्यालय सचिव जयकुमार दाहालले बताए ।

बैठकको सहजीकरण जिल्ला सचिव विमलीले गरेका थिए ।

सम्बन्धित खबर