२०८२ पौष २८ सोमवार , ०९:५७:५९ बजे

Sajhamanch
'

आजको मौसम : तराई र काठमाडौं उपत्यकामा हुस्सु, गण्डकीमा हिमपात

बुधवार, पौष ३, २०८१

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले कोशी प्रदेशमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।बिहान तराई तथा उपत्यका केही स्थानमा हुस्सुको सम्भावना छ। साथै थोरै स्थानमा कुहिरो तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२