इलाम । इलामको माई नगरपालिका–२ रातेखाडीस्थित खेतमा राखिएको परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परालको कुन्यूसगैं जलेर देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षिय दिपक भनेर चिनिने तिलबिक्रम शिवाको मृत्यु भएको हो ।
गएराति ९ः४५ बजेतिर माई– २ रातेखाडी बस्ने ठकबहादुर लिम्बूको घरनजिकै रहेको उनकै परालको कुन्युमा अचानक आगलागी भएको थियो ।
घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर घाइतेलाई उद्धार गरि उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउन लागिएको थियो । राति १२ः३० बजे उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।