२०८१ माघ ६, आइतवार , ०७:०१:५४ बजे

Sajhamanch
'

युएइमा पनि प्हुगाल पारिम मनाइयो

मङ्गलवार, पौष २, २०८१

दुबई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौंली पर्व (प्हुगाल पारिम) दुबईको जाविल पार्कमा विधिवत पूजाअर्चना गरी मनाइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका सांस्कृतिक विभाग प्रमुख शिला राना मगरको प्रमुख आथित्यमा आयोजित उक्त कार्यक्रममा मन्तब्य राख्दै उनले आफ्नो जातिको संस्कार, संस्कृतिलाई जीवन्त राख्न तथा आउने पुस्तालाई आफ्नो मौलिक संस्कार संस्कृति हस्तान्तरण गर्दै जान यस्ता कार्यक्रमहरु कोशेढुङ्गा सावित हुने धारणा राखिन् ।

प्हुगाल पारिमको शुभकामना मन्तव्य राख्दै समाजका संस्थापक अध्यक्ष सूर्यबहादुर भुजेल, संस्थापक उपाध्यक्ष यम घर्ती, पूर्व अध्यक्ष सूर्य भुजेल सल्लाहकारहरु दिलिप जिटी र सुरिन भुजेलले सो पर्वको महत्व र परम्पराबारे जानकारी गराएका थिए ।

आफ्नो जातीय परम्परा अनुसार सूर्य, वायु, जल, जमिन र जंगलको विधिवत आरधना गर्दै पूजा अर्चना गरिएको थियो । उक्त कार्यक्रमा ब्राओको भुमिमा समाजका सचिव विनोद भुजेल रहेका थिए ।

समाजले आयोजना गरेको प्हुगाल पारिम कार्यक्रममा वैदेशिक रोजगारीका शिलशिलामा युएईको विभिन्न राज्यमा श्रमशिल भुजेल दाजुभाइ तथा दिदी बहिनीहरुको उल्लेख्य सहभागिता थियो ।

भुजेली पर्व प्हुगाल पारिम भुजेल जातिले आफ्नो सांस्कृतिक पर्वका रुपमा मनाउने उँधौली पर्व धान्य पूर्णिमाका दिन मनाइन्छ भने उभौली पर्व भने बैशाख पूर्णिमामा मनाइन्छ । उँभौली र उँधौली पर्व ऋतु परिवर्तनसँग सम्बन्धित पर्व हुन् । यसलाई भूमि या प्रकृतिको पूजासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिन्छ ।

सम्बन्धित खबर