२०८२ पौष २ बुधवार , ०१:२२:५२ बजे

Sajhamanch
'

यस्तो रहनेछ आज दिनभरको मौसम

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

राति पनि देशभरको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ। सोमबार पनि ४.८ डिग्री नै मापन भएको थियो।

 

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
सोमवार, मंसिर २९, २०८२
आजको मौसम
आइतवार, मंसिर २८, २०८२
यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२