कमल । कमल गाउँपालिका वडा नं. २ समयगढस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयले आज आफ्नो ५७औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको अवसरमा विध्यालयको नवनिर्मित भवन र संग्राहालयको उद्घाटन गरिनुका साथै उत्कृष्ट शिक्षक, विध्यार्थी र अक्षयकोष दातालाई सम्मानित एवम् पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्तब्य राख्दै पालिका अध्यक्ष राइले गाउँपालिकाले शिक्षाको सुधारका लागि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले भने, ‘जबसम्म शिक्षामा सुधार आउँदैन तबसम्म विकास निर्माण लगायतको काम प्रभावकारी रुपमा हुन सक्दैन । त्यसैले शैक्षिक गुणस्तर सुधारका लागि पछिल्लो समय सामुदायिक विध्यालयमा भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिका लागिपरेको हो ।’
सो अवसरमा उच्च अदालत विराटनगरका न्यायाधिश तथा पूर्व विध्यार्थी रमा पराजुली, कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सूर्यप्रसाद न्यौपाने, अक्षयदाताका संरक्षक राजेन्द्र ढकाल र उमानाथ सञ्जेल, तोपगाछी धरमपुर मैत्री समाजका अध्यक्ष यज्ञराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विध्यालय व्यवस्थापन समिति महासंघ कमलका अध्यक्ष पवन राईको अध्यतामा भएको सो कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विध्यालयका प्रधानाध्याक बालकृष्ण संग्रौलाले विध्यालयको वार्षिक प्रदिवेदन प्रस्तुत गरेका थिए ।