काकरभिट्टा । पत्रकार तथा लेखक सन्तोस आचार्यका दुई पुस्तक एक पटक विमोचन गरिएको छ ।
रिडर्स फेस्टिवलको समापन समारोहमा प्राडा देवी नेपाल र लेखकका बुवा पदमप्रसाद आचार्यले संयुक्त रुपमा अचार्यको नबोल्ने कला र रिडर्स गफको दोस्रो संस्करण विमोचन गरेका हुन ।
विमोचन समारोहमा लेखक आचार्यले बोल्ने कलाका बारेमा धेरै चर्चा भए पनि नबोल्ने कलाका बारेमा आफुले पुस्तकमा उल्लेख गरेको बताए। मिडिया रिसर्च सेन्टर झापाले प्रकासन गरेको पुस्तक विमोचनको सहजिकरण प्रकासक संस्थाका तीर्थ सिग्देलले गरेका थिए।
रिडर्स अभियान नेपालले आयोजना गरेको रिडर्स फेस्टिवल मंसिर २८, २९ र ३० गते झापाको काकरभिट्टामा सञ्चालन भएको थियो । जसमा नेपाल र भारतका स्रष्टा र पाठकहरुको सहभागिता रहेको थियो ।
फेस्टिवलको मुख्य आकर्षणका रुपमा विद्यालयस्तरका विद्यार्थीहरुले विभिन्न कृतिको समिक्षा थियो । ७० भन्दा बढी विद्यार्थीहरुले आफुले पढेको पुस्तकका बारेमा फेस्टिवलमा समिक्षात्मक प्रस्तुती दिएका थिए ।