२०८१ माघ २७, आइतवार , ०२:४८:५९ बजे

Sajhamanch
'

पाँचथरमा भिरबाट लडेर राईको मृत्यु

सोमवार, पौष १, २०८१

पाँचथर । पाँचथरको मिक्लाजुङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ३ः४० बजे मिक्लाजुङ गाउँपालिका–५ कालो खोल्सीको लसीबोटे बस्ने ६३ वर्षीय मानबहादुर राई सिक्देम्बाबाट मासुको पैसा उठाएर घर फर्कने क्रममा भिरबाट लडी ५० मिटर तल झरेका थिए ।

घाइतेलाई उपचारको लागि झापातर्फ ल्याउनेक्रममा साँझ ७ः३० बजे बाटोमा नै मृत्यु भएको हो ।

राई भिरबाट लडेको स्थानीयवासीले देखेर घटनास्थलबाट उद्धार गरी उपचारको लागि स्ट्रक्चरमा राखेर गाडीसम्म लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर