![](https://sajhamanch.com/wp-content/uploads/2024/12/ago-fire.jpg)
धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।
आइतबार राति धनगढी उपमहानगरपालिका-१३ मोहनपुरमा हर्क कप्टयालले सञ्चालन गरेको मालिका होटेल एण्ड डिडी स्टोरमा विद्युतको तार सर्ट भइ आगलागी भएको थियो ।
आगलागीबाट होटेल र पसलभित्र रहेका किराना लगायतका सामान जलेर ३० लाखको क्षति भएको प्रहरीले जनाएको छ । तर, आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन । आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।