काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) को शीर्ष स्थानमा रहेको लिभरपुलले फुलह्यामसँग २–२ गोलको बराबरी खेलेको छ । लिभरपुलले आफ्नो अघिल्लो खेलमा पनि न्युक्यासलसँग ३–३ गोलको बराबरी खेलेको थियो ।
यस्तै गएराति नै भएको अर्को खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको अर्सनलले एभर्टनसँग गोल रहित बराबरी खेलेको छ । ईपीएल अन्तर्गत गएराति भएका अरु खेलमा नटिङ्घम फरेस्टले एस्टल भिल्लालाई २–१ गोलले पराजित गर्यो।
यस्तै इप्सविच टाउनले उल्भ्स्लाई पनि २–१ गोलले नै पराजित गरेको छ । अर्को खेलमा न्युक्यासलले लेस्टर सिटीलाई ४–० गोलले पराजित गर्यो।
ईपीएलको लिग तालिकामा ३६ अङ्क सहित लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको चेल्सीको ३१ र तेस्रोमा रहेको आर्सनलको ३० अङ्क रहेको छ ।