२०८१ पौष २६, शुक्रवार , ०६:०९:०९ बजे

Sajhamanch
'

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको अग्रता कायमै, कोशीको अध्यक्षमा खड्काको जीत

शनिवार, मंसिर २९, २०८१

काठमाडौं । नेपाल नेपाल पत्रकार महासंघको हिजो शुक्रबार भएको चुनावको मत गणना जारी छ । अहिलेसम्म प्राप्त भएको मत परिमाण अनुसार अध्यक्षमा निर्मला शर्माले फराकिलो अग्रता बनाएकी छन् ।

६ वटा प्रदेशको मत गणना सकिँदासम्म शर्माले निरन्तर अग्रता कायम गरेकी हुन् । उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मत गणना सम्पन्न भईसकेको छ ।

सार्वजनिक परिणाम अनुसार शर्माले ३ हजार ६१० मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ६७० मत प्राप्त गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले हालसम्म मत परिणाम सार्वजनिक गरेको छैन । प्रदेशगत रुपमा प्राप्त मत परिणाम अनुसार शर्माले करिब एक हजार मतले अग्रता कायम राखेकी छन् ।

निर्वाचन समितिका अनुसार कर्णाली, सुदूरपश्चिम, मधेश र एशोसिएट प्रदेशको केन्द्रीय पदाधिकारीका लागि खसेको मतगणना जारी छ ।

अध्यक्षका उम्मेदवार शर्मा प्रेस चौतारी नेपालकी नेतृ हुन् । उनी नेपाल प्रेस युनियन र चौतारीको साझा उम्मेदवार बनेकी छन् । महासंघको अध्यक्षमा शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार छन् ।

कोशी प्रदेश अध्यक्षमा खड्का

यसैबीच, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् ।

आज सम्पन्न मतगणना अनुसार उनी ६१४ मतसहित विजयी भएको निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताए ।

शर्माका अनुसार कोशीको उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् ।

खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित भएका छन्।

सम्बन्धित खबर