काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि अघि बढेको बताएका छन्।
चितवनमा शुक्रबार नेशनल सिटी अस्पतालको भवन उद्घाटन गर्दै उनले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताए।
‘केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ, ०४६ पछाडी जन्मिएको पुस्तालाई त्योभन्दा अगाडि कस्तो थियो थाहा नहुन सक्छ। आफ्नै बुबाहरूसँग, अघिल्लो पुस्तासँग सोध्न सकिन्छ; उनले भने, ‘व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ। सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ।;
परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै उनले त्यसका लागि सरकारले काम गरिरहेको पनि बताए। उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्ने बताए।