२०८२ मंसिर १, आइतवार , ०८:१२:२७ बजे

Sajhamanch
'

काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । काठमाडौंमा आज बिहान ५ स् ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।“बिहान बिहान ५ : ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ,” मौसमविद् विनु महर्जनले बाह्रखरीसँग भनिन्, “यो तापक्रम यो वर्षका लागि हालसम्मको न्यून हो ।”

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस थियो ।दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर मौसम आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
यस्तो रहनेछ आजको मौसम
शुक्रवार, कार्तिक २९, २०८२
आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२