बिर्तामोड । बिर्तामोडस्थित इन्भेञ्चर एजुकेशन एकाडेमीले हालै विद्यालयभित्रका विभिन्न कक्षा, उमेर समूह र सदनहरुबीच प्रतिष्पर्धा गराएर वृहत खेलकुद सप्ताह सम्पन्न गरेको छ ।
विद्यालयका संस्थापक तथा प्रधानाध्यापक अमृत बस्नेतको अध्यक्षतामा भएको खेलकुद सप्ताहमा विद्यार्थीहरुलाई विभिन्न विधामा खेल खेलाएर उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रि–प्राइमरी अन्तरगत रनिङ रेस, हट पोटेटो, म्यूजिकल चियर, बेलुन ब्लाष्ट, वाटर वोरिङ्ग लगायतका विविध खेल समावेश थिए । प्राइमरी तहका विद्यार्थीहरुलाई १०० मिटर दौड, कक फाइट, लङ्ग–जम्प, स्याक रेस, निडल थ्रेड, स्पोन मार्वल रेस लगायतका खेल समावेश गरिएको विद्यालयले जनाएको छ ।
यसैगरी माद्यमिक तह अन्र्तगत स्केपिङ रेस, ५०० मिटर दौड (छात्रा) १००० मिटर दौड (छात्र) अवस्टयाकल रेस (छात्रा), फुटबल लगायतका विविध खेल राखिएको थियो ।
सदन स्तरीय फुटबल खेलमा पहेंलो सदन प्रथम भयो । उक्त खेलमा पहेंलो र निलो सदन प्रतिस्पर्धामा रहेका थिए । खेलका म्यान अफ दि म्याच शिवम् कार्की घोषित भए ।
त्यसैगरी बल पासमा निलो र हरियो सदन प्रतिस्पर्धी रहेकोमा निलो सदनले जित निकाल्न सफल भएको थियो । सो प्रतियोगिताको म्यान अफ दि म्याच छात्रा डिम्पल राजवंशी भएकी थिइन् ।
उक्त खेल सप्ताह कार्यक्रमको सञ्चालन मुकेश अधिकारी र नारायण राजवंशीले गरेका थिए ।