२०८१ मंसिर २७, बिहिवार , ०८:४८:५४ बजे

Sajhamanch
'

काठमाडौंले लुम्बिनीलाई १०४ रनको लक्ष्य दियो

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९ ओभर २ बलमा १०३ रनमा अलआउट भयो । काठमाडौंका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।

लुम्बिनी ५ खेलमा २ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । काठमाडौं ३ खेलमा २ अङ्कसहित छैटौं स्थानमा छ ।

एनपीएलमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ । योसँगै जनकपुरको चार खेलको अपराजित यात्रा टुङ्गिएको छ ।

सम्बन्धित खबर