२०८१ मंसिर २६, बुधवार , ०४:१३:५० बजे

Sajhamanch
'

असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याए : प्रधानमन्त्री

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने काम गरेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यको पद तथा गोपनीयताको शपथ समारोहमा बोल्दै उनले असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याएको र त्यस्ता प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए ।

उनले भने, ‘सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न हुँदैन । सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भएनभएको निक्र्योल गरी अराजकतालाई प्रश्रय दिने कामको अन्त्य गरिनुपर्छ ।’

प्रधानमन्त्रीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा समेत जोड दिए । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति थिए ।

सम्बन्धित खबर