२०८१ मंसिर २६, बुधवार , ११:२२:२३ बजे

Sajhamanch
'

एनपीएल क्रिकेट : सुदूरपश्चिमले जनकपुरलाई १२४ रनको लक्ष्य दियो

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जीतका लागि १२४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रन बनायो । उसका लागि बिनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । सुदूरपश्चिममा किशोर महतोले चार तथा शेर मल्ल र अरनिको यादवले समान दुईरदुई विकेट लिए ।

जनकपुर बोल्ट्स यसअघि आफ्ना चार वटै खेलमा विजयी हुँदै आठ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसैगरी चार खेलमा तीन वटा जितेको सुदूरपश्चिम रोयल्स छ अङ्कसहित दोस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा दिउँसो १ बजे काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । तीन खेल खेलेको काठमाडौंले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ । लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।

सम्बन्धित खबर